२७ जेठ २०८३, बुधबार

ओली बीमाले भैसके, एमाले त यहाँ छ– माधव नेपाल

ओली बीमाले भैसके, एमाले त यहाँ छ– माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पूर्व एमाले एक हुनुपर्छ भन्ने केपी शर्मा ओलीको भ्रममा विश्वास नगर्न आग्रह गरेका छन् ।

नेकपा प्रचण्ड–नेपाल पक्षले भृकुटीमण्डपमा बुधवार आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली एमाले नभएर बीमाले भइसकेको समेत बताए ।

'कसैले एमाले-एमाले एक हुनुपर्छ भने विश्वास नगर्नुस् साथीहरू, केपी ओली बीमाले भैसके, एमाले यहाँ छ,' अध्यक्ष नेपालले भने, 'त्यो ओली फाउन्डेसनबाहेक केही होइन । पूर्व एमाले साथीहरूलाई भन्न चाहन्छु, भ्रममा नपर्नुस् ।'

उनले ओली नेकपाको पहिलो अध्यक्ष पनि नभएको जिकिर गरे ।

आफू नेकपाको पहिलो अध्यक्ष भनेर ओलीले निर्वाचन आयोगलाई धम्क्याउन खोजेको आरोप लगाउँदै नेपालले ओली गुटको मात्र पहिलो अध्यक्ष भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्