२१ जेठ २०८३, बिहीबार
विरोध सभामा प्रचण्डको गर्जन

'केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ?'

'केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ?'
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते नारायणहिटी संग्रहालय अगाडिबाट दिएको चुनौतीको जवाफ प्रचण्डले बुधवार भृकुटीमण्डपबाट दिएका छन् ।

आजको विरोध सभामा ५ लाख उपस्थिति रहेको दाबी गर्दै प्रचण्डले भने– '​केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ ?'

यसअघि ओली पक्षले नारायणहिटीअगाडि आयोजना गरेको जनसभालाई ओलीले इतिहासकै ठूलो आमसभा भनेर दाबी गरेका थिए ।

उक्त सभाले को सक्कली, को नक्कली भन्ने प्रश्नको जवाफ दिएको उनको जिकिर थियो ।

त्यसको जवाफमा प्रचण्डले आफूहरूको सभा अझै ठूलो भएको दाबी गरेका हुन् । 

उनले आवश्यक परे जनताले बालुवाटार र सिंहदरबार पनि घेर्ने बताए ।

'हेर्नुहोला केही दिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौंलाख जनता आउने छन् । जरुरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा हामी आयोजना गर्नेछौं,' प्रचण्डले भने ।

उनले भाषणलाई बिट मार्ने क्रमममा '१० लाख जनता लिएर बालुवाटार घेर्न आउन नपरोस्' भनेर चेतावनी समेत दिए ।

salt training

कमेन्ट गर्नुहोस्