३१ जेठ २०८३, आइतबार

‘मैले अनुमान गरेको हैन, सभामा ५ लाख मान्छे छन् भन्ने एसएमएस आयो’

‘मैले अनुमान गरेको हैन, सभामा ५ लाख मान्छे छन् भन्ने एसएमएस आयो’

नेकपा (प्रचण्ड–नेपाल समूह)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा बुधवार आयोजना गरिएको सभामा ५ लाख जना सहभागी भएको दाबी गरेका छन् ।

‘मैले अनुमान गरेर भनेको होइन, बस्दाबस्दै मलाई एसएमएस गरेर साथीहरूले भन्नुभयो अहिले ५ लाख छन्,’ प्रचण्डले भृकुटीमण्डपको सभामा भने । 

सभा भनेको कस्तो हुन्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौतीलाई जवाफ दिँदै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ ? सभा विरोध प्रदर्शन कस्तो हुन्छ ?’

प्रचण्डले प्रतिनिधि सभा पुनःस्थापना नभए लाखौँ जनता सिंहदरबार र बालुवाटार घेर्न आउने चेतावनी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्