२२ जेठ २०८३, शुक्रबार

वैदेशिक रोजगारीमा लैजाने भन्दै नक्कली राहदानी बनाई भारतमा पुर्‍याएर महिला बेचबिखन

वैदेशिक रोजगारीमा लैजाने भन्दै नक्कली राहदानी बनाई भारतमा पुर्‍याएर महिला बेचबिखन
फाइल फोटो

मानव बेचबिखनको एउटा गिरोहले नक्कली राहदानी बनाई वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी एक महिलालाई बिक्री गरेको खुलेको छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने आश्वासन दिएर महिलालाई भैरहवा नाकाबाट गोरखपुर हुँदै भारत पु¥याएर बिक्री गरेको खुल्न आएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरुले वैदेशिक रोजगारीको बहानामा दुबईमा मासिक रु ५० हजार तलब पाउने आश्वासनमा नक्कली भिषा बनाएर पीडितबाट रु एक लाख ५० हजार र भारतीय नागरिकबाट भारु तीन लाख ५० हजार लिई बिक्री गरेको ब्यूरोका प्रमुख दुर्गा सिंहले जानकारी दिए ।

उक्त घटनामा भुपालमान श्रेष्ठ र रमेश खड्कालगायत व्यक्ति संलग्न रहेको आरोपमा श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालिएको तथा खड्का भने हाल कारागारमा रहेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले दुबईको होटलमा काम गर्न भारतमा थप ११ महिना वेटरको तालीम लिनुपर्छ भनी महिलालाई भारत पु¥याएका थिए ।

श्रेष्ठले रमेश खड्का भन्ने तुलाराम खड्काको जिम्मा लगाई भारतको नयाँदिल्ली पु¥याएको अनुसन्धानमा खुलेको छ । त्यसपछि खड्का भारतीय र अरबियन मानिसको जिम्मा लगाई भारु तीन लाख ५० हजार बुझेर नेपाल फर्किएका थिए ।

उनीहरुले भारतमा ४५ दिनसम्म बन्धक बनाई चरम शोषण गरेको र दार्जिलिङ बस्ने एक व्यक्तिको सहयोगमा भाग्न सफल भई आएर ब्यूरोमा जाहेरी दिएको पीडितकोे भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ

। उक्त जाहेरीका आधारमा खोजतलास गर्दा खड्का अर्कै अपराधमा केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेको पाइएको छ ।

उनीबाट प्राप्त सूचनाको आधारमा श्रेष्ठलाई काठमाडौँको सामखुशीबाट पक्राउ गरी अनुसन्धान थालिएको र अन्य फरार रहेकाको खोजी जारी रहेको ब्यूरोका प्रमुख सिंहले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा यसरी वैदेशिक रोजगारीको नाममा मानव बेचबिखनको क्रम बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्