०८ असार २०८३, सोमबार

खुलामञ्च खुला गर्दै काठमाडौँ महानगर

खुलामञ्च खुला गर्दै काठमाडौँ महानगर

 काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने पहल थालेको छ ।  राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै काठमाडौँ महानगरपालिकालेती संरचना निर्माणका लागि थुपारेका  निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।

‘राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि उहाँहरुले महानगरपालिकासँग गरेको आग्रह अनुसार नै ठाउँ उपलब्ध गराएको हो ।  कोभिड–१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको हो । दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भै सकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ । अब हामी छिट्टै खुलामञ्च खुला गर्छौ ।’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्