१० साउन २०८३, आइतबार

भारतले ग–यो अग्नि–५ मिसाइल परीक्षण, चीनसँग द्वन्द्व बढ्यो

कात्तिक २०, २०७४
भारतले ग–यो अग्नि–५ मिसाइल परीक्षण, चीनसँग द्वन्द्व बढ्यो
काठमाडौं, ११ पुस — भारतले महाद्वीप वारपार प्रहार हुने क्षेप्यास्त्रको ओडिशामा चौथो परीक्षण गरेको छ । यसअघिको परीक्षणभन्दा एक कदम अघि बढेर भएको यो सफल परीक्षणका कारण भारतले उपमहाद्वीपमा तनाव बढाएको छ ।


अग्नि–५ क्षेप्यास्त्रका माध्यमले एसियाका धेरै भाग, चीनको उत्तरी क्षेत्र र युरोपको ठूलो भागमा प्रहार गर्न सकिन्छ । चीनसँगको दुश्मनी रहेको भारतको यो परीक्षणपछि झनै तिक्तता बढ्ने अनुमान गरिएको छ ।

यो मिसाइल पाँच हजार किलोमिटरभन्दा बढीको दूरीमा लक्षयभेदन गर्न समर्थ छ । एक टनभन्दा बढीको तौल भएको परमाणु हतियार यसले बोक्न सक्छ ।

अग्नि शृंखलाका अन्य क्षेप्यास्त्रका तुलनामा यो सर्वाधिक आधुनिक मिसाइल हो । यसमा नयाँ प्रविधि प्रयोग गरिएको छ ।

पाँच हजार किलोमिटर पर गएर मार हान्न सक्ने क्षमता भएको मिसाइलयुक्त देशको क्लबमा भारत पनि परेको छ । यसअघि अमेरिका, रुस, चीन, फ्रान्स र बेलायतसँग यस्ता क्षेप्यास्त्र थिए ।

पञ्जाब केशरी

salt training

कमेन्ट गर्नुहोस्