२७ जेठ २०८३, बुधबार

शिवम् सिमेन्ट्सले विद्यार्थीहरुलाई बाँड्यो न्यानो कपडा (तस्वीरसहित)

शिवम् सिमेन्ट्सले विद्यार्थीहरुलाई बाँड्यो न्यानो कपडा (तस्वीरसहित)

शिवम सिमेन्ट्स लि. ले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयहरूका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । 

शिवम्ले आफ्नो उद्योग संचालित क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । 

श्री त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५०० भन्दा बढि विद्यार्थीहरुको लागि स्विटर तथा ट्याक सुट वितरण गरेको हो ।

“विगतका दिनहरूमा पनि हामीले उद्योग संचालित क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री तथा शैक्षिक छात्रवृत्ति वितरण गर्दै आइरहेका थियौं, यसै शिलशिलामा यसपटक हामीले चिसोको समयमा चिसोकै कारण विद्यार्थीहरु नियमित पठनपाठनमा प्रभावित हुन नपरोस् भन्ने अभिप्रायले विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेका हौं” कम्पनी प्रतिनिधी बताउँछन् ।

शिवम्ले विगतका दिनहरूमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य शिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्ति, एम्बुलेन्स हस्तान्तरण, न्यानो कपडा वितरण, सडक निर्माण, वृक्षारोपण आदि जस्ता कार्यहरु गर्दै आइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्