२५ असार २०८३, बिहीबार

के तपाईं हामीले दैनिक खाने चामल अब काम नलाग्ने हुँदैछ ?

के तपाईं हामीले दैनिक खाने चामल अब काम नलाग्ने हुँदैछ ?

पछिल्ला केही वर्षदेखि तीब्र रुपमा बढिरहेको ग्लोवल वार्मिङका कारण जलवायू परिवर्तन एक बिकराल समस्या बन्दै गइरहेको छ । 

वैज्ञानिक खोजबाट पत्ता लागेको छ कि जलवायु परिवर्तनले वातावरणमा मात्र हैन, हामीले उपभोग गर्ने अन्नमा समेत गम्भीर असर पारिरहेको छ । 

जलवायु परिवर्तनका कारण खाद्य पदार्थ (अन्न)को गुणत्वका साथै उनीहरुको रसायनिक बनावटमा समेत बदलाव आइरहेको छ । खाद्यान्नमा भिटामिन, मिनरल्स जस्ता पोषक तत्वको कमि हुँदै गइरहेको छ । 

एक नयाँ खोजबाट पत्ता लागेको छ कि जलवायु परिवर्तनका कारण वायुमण्डमा बढिरहेको कार्बन डाइअक्साइडका कारण धान खेती सबैभन्दा बढी प्रभावित भएको छ । 

कार्बन डाइअक्साड बढी हुने क्षेत्रमा उब्जनी हुने धानमा पोषक तत्वको मात्रा घट्दै गइरहेको छ । जसका कारण विश्वमा ठूलो समस्या निम्तिन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । किनकी विश्वका धेरै ठाउँमा पहिलेदेखि नै कुपोषण र भोखमरीको समस्या छ । 

जलवायु परिवर्तनका कारण अब विश्वमा कुपोषणको शिकार हुने मानिसको संख्या बढ्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । 

यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चरका प्लान्ट फिजियोलोजिस्ट तथा यो शोधका सह–लेखक लुइस एच सिज भन्छन्, ‘जब हामी खाद्य सुरक्षाको कुरा गर्छौं त यो कुरामा विशेष ध्यान दिन्छौं कि, जलवायु परिवर्तनको असर अन्न उत्पादनमा कसरी परिरहेको छ ?’

साइन्सेज एडभान्समा प्रकाशित यो शोधका लागि लुइस एच सिज र उनका साथीले जापान र चीनमा अध्ययन गरेका थिए । 

उनीहरुले जापान र चीनका धान खेतमा प्रयोग गरेका थिए । जसमा १८ अलग–अलग प्रजातिका धानलाई अध्ययनमा समावेश गरिएको थियो । 

उनीहरुले अध्ययनका दौरान १८ प्रजातिका धानलाई अधिक कार्बन डाइअक्साइड भएको र सामान्य हावापानी भएको क्षेत्रमा उत्पादन गरेका थिए । जब सामान्य वातावरण र धेरै कार्बन डाइअक्साइड भएका खेतमा उत्पादन गरिएको चामलको तुलना गरियो, त्यसमा धेरै नै फरक पाइयो । 

बढी कार्बन डाइअक्साइड ग्यास भएको क्षेत्र अन्तर्गतका खेतमा उत्पादन गरिएको धानको चामलमा प्रोटिन, आइरन र जिंक जस्ता तत्वको धेरै कमि पाइयो । यो चामलमा भिटामिन बी१, बी२, बी५ र बी९ को मात्रा पनि धेरै कम पाइयो । 

यो शोधमा धान (चामल)माथि यसकारण प्रयोग गरियो कि, विश्वभरका २० अर्बभन्दा धेरै मानिसको प्राथमिक भोजको स्रोत चामल हो । 

salt training

कमेन्ट गर्नुहोस्