
पूर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्ड–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । खनाल शुक्रबार नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली गएका हुन् ।
उनी दिल्लीको अपोलो अस्पतालमा भर्ना भएका छन् भने आजै भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले भेटेका छन् ।
भेटपछि सामाजिक सञ्जालमार्फत आचार्यले खनाल स्वास्थ्य परीक्षण एवम् उपचारका लागि दिल्लीको अपोलो अस्पतालमा भर्ना भएको भन्दै शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।
खनालसँगै उनकी धर्मपत्नी रवि लक्ष्मी चित्रकारपनि सँगै दिल्ली गएकी छिन् ।