![यी स्थानमा आजदेखि ३ दिनसम्म आउँदैन बत्ती [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Prashant/LoadShedding.png)
नेपाल विद्युत प्राधिकरणले शनिवार (फागुन १) गतेदेखि फागुन ३ गतेसम्म विभिन्न क्षेत्रमा विद्युत कटौती गर्ने भएको छ ।
लोडशेडिङकै झल्को दिने गरी तालिका प्रकाशित गर्दै प्राधिकरणले शनिवार देशका विभिन्न क्षेत्रमा विद्युत प्रवाह अवरुद्ध हुने जनाएको हो ।
प्राधिकरणका अनुसार, प्रदेश नम्बर १ का विभिन्न ठाउँमा फागुन १ गते (शनिवार) बिहान ९ बजेदेखि फागुन ३ गते दिउँसो ४ बजेसम्म बत्ती जाने छ ।
कुन कुन ठाउँमा जान्छ बत्ती ?
प्रदेश नम्बर १ मा इटहरी फीडरअन्तर्गत ओशो चोक, बस्नेत टोल, राधाकृष्ण मन्दिर संगीत चोक, तुलसा टोलमा बत्ती जाने छ ।
यस्तै उद्योग लबिपुर फीडरअन्तर्गत औद्योगिक क्षेत्रमा पनि बत्ती ३ दिनसम्म कटौती हुनेछ ।
यस्तै इटहरीकै एनटीसी फीडरअन्तर्गतका विभिन्न क्षेत्रमा पनि बत्ती जाने प्राधिकरणले जनाएको छ ।
सडक विभागले काम गरिरहेको र मर्मतका लागि तीन दिनसम्म बत्ती जाने सूचना जारी गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिना बताउँछन् । लोकान्तरसँग उनले भने,‘मर्मतका लागि तीन दिनसम्म समय लाग्ने देखिएकाले सूचना जारी गरिएको हो, समयअगावै काम सकिएमा अगाडि नै बत्ती आउँछ ।’
हेर्नुहोस् तालिका