०४ असार २०८३, बिहीबार

प्रचण्ड प्रवृत्ति देखिए केपी ओलीको साथ पनि छोड्छु : मन्त्री भट्ट

प्रचण्ड प्रवृत्ति देखिए केपी ओलीको साथ पनि छोड्छु : मन्त्री भट्ट

नेकपा ओली पक्षका स्थायी कमिटि सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रचण्डलाई लाल गद्दारको संज्ञा दिदै उनले सडकमा तमासा देखाएको बताएका छन्। 

पूर्व जनमुक्ति सेना नेपाल केन्द्रीय संयोजन समितिको बुटवलमा आयोजित राष्ट्रिय भेलामा बोल्दै उनले प्रचण्डले पूर्व जनमुक्ति सेना र उनीहरूका परिवारलाई धोका दिएको बताए। 

उनले प्रचण्ड पद, सम्मान, सुखसयलका लागि आन्दोलनमा लागिरहेको र प्रचण्डमा सामन्ती प्रवृत्ति हाबी भएको भन्दै प्रचण्डको आन्दोलन विरूद्ध उभिने समय आएको बताए। 

उनले पार्टी जोगाउनका लागि केपी ओलीलाई साथ दिएको भन्दै ओलीमा प्रचण्ड प्रवृत्ति देखिए ओलीको साथ छाड्ने बताए। 

"वर्षौदेखि प्रचण्डकै पछिपछि लागेर मुलुकका लागि भन्दै युद्ध लड्यौँ, त्यसक्रममा कैयौंले ज्यान गुमाए, अहिले त्यो सबै बिर्सेर सुखसयल, पद र परिवारमा केन्द्रित भएको देख्नुपर्यो, उनले भने-त्यसपछि छलफल नै नगरी पदकै लोभमा पार्टी एकता भयो, अहिले पद र शक्ति नपाएपछि पुनः विरोध शुरू गरेर हिँडेपछि प्रचण्डको साथ छाड्नुपर्यो, यो प्रवृत्ति केपी ओलीमा देखिदैन भन्ने विश्वास छ, यदि त्यस्तो भए उनको साथ छाड्न कुनै आइतवार चाहिन्न ।" 

salt training

कमेन्ट गर्नुहोस्