×

NMB BANK
NIC ASIA

१. विक्रम संवत् २१७७ 

Muktinath Bank

विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् विक्रम संवत् २१७७ सालको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एम्बुलेन्सले १ जना वृद्ध नेतालाई बेहोस अवस्थामा ठूलो अस्पतालमा लग्यो । उनलाई निकै महंगो लाइफ सेभिङ सुई दिइयो, जुन त्यो बेला चिकित्सा विज्ञानले पत्ता लगाएको थियो । 


Advertisment
Nabil box
Kumari

होसमा आएपछि उनले भने, ‘यसभन्दा अघि मल्टिपल अर्गान फेलियर भएर सबै भाइटल अर्गानको ट्रान्सप्यालेन्ट गरेको थिएँ । बल्ल म सय वर्ष पुगें । राष्ट्रपति बन्ने धोको छ । कान्छी पत्नी बल्ल २० वर्ष पुगिन् । मलाई शारीरिक एवं मानसिक रूपमा जवान हुनुपर्नेछ । पैसाको चिन्ता छैन । स्विस बैंक, चाइना बैंक, इन्डिया बैंकदेखि प्रत्येक महादेशमा थुप्रै पैसा छ मेरो । पहिले कृत्रिम एवं मृत व्यक्तिको मस्तिष्क, मुटु, फोक्सो, कलेजो, किड्नी, स्नायु आदि प्रत्यारोपण गरेकाले स्वास्थ्य राम्रो भएन । यसपटक जीवित व्यक्तिहरूको सम्पूर्ण अङ्ग प्रत्यारोपण गर्नुपर्‍यो ।’

Vianet communication
Laxmi Bank

मानवता शून्य भएका पैसामा डुब्ने डाक्टरहरूले भने, ‘तपाईंका सबै अङ्ग ड्यामेज भएका छन् । छाला पनि रिपियर गर्न नमिल्ने भएको छ । फेरि अङ्गहरू म्याच पनि हुनुपर्‍यो । घटीमा १० जना स्वस्थ व्यक्ति तपाईंका लागि बलिदान हुन तयार हुनुपर्दछ । यो सम्भव छैन । हामी अर्गान बैंकमा रहेका अङ्ग प्रत्यारोपण गर्छौं । केही वर्ष स्वास्थ्य लाभ हुन्छ ।’

वृद्ध नेताले भने, ‘लिनुहोस् यो स्विस बैंकको अनलिमिटेड कार्ड । भोलि शहरमा दङ्गा हुनेछ, प्रहरीले बल प्रयोग गर्नेछ । सबै एम्बुलेन्सले घाइतेहरूलाई यही अस्पतालमा ल्याउने छन् । उपचारको क्रममा उनीहरूको मृत्यु हुनेछ ।’

... ...

२. आन्द्रामा घाउ

एक जना वृद्ध दुर्गमदेखि उपचार गर्न सुगमको एक निजी अस्पताल गए । डाक्टरले उनलाई सोधे, ‘के हुन्छ बा तपाईंलाई ?’

चिकित्सकको पहिलो प्रश्नको उत्तर दिए, ‘आन्द्रामा घाउ भएको छ ।’

‘कसरी थाहा पाउनुभयो, आन्द्रामा घाउ भएको छ भनेर ?’ त्यसपछि चिकित्सक चर्को स्वरमा बोले, ‘आजभोलि कस्ता–कस्ता बिरामी आउँछन् भने, आफ्नो रोगको डाइग्नोसिस आफैं गर्छन् ।’

वृद्धले डराएको स्वरमा भने, ‘पेट पोल्छ, केही खायो भने चहराउँछ, दिसा पनि रगत पचेर होला कालो आउँछ । घाउ नभई कसरी रगत आउँथ्यो र ?’

त्यसपछि चिकित्सकले रगत, दिसा, पिसाब, पेटको अल्ट्रासाउन्ड, इन्डोस्कोपी र कोलोनोस्कोपी गरेर रिपोर्ट ल्याउन भने ।

उनले अनिच्छापूर्वक सबै जाँच गरे । अलिकति कुट्की, पाषाणभेद र पाँचऔंले बेचेको पैसा जाँचपड्तालमै सकियो ।

अर्को दिन उनी रिपोर्ट बोकेर डाक्टरलाई भेट्न गए । अस्पतालमा झण्डै १ दर्जन सेतो कोट लगाएका सिकारूलाई उनले रिपोर्टबारे बताए ।

‘ओकल्ट ब्लड पोजिटिभ छ, इन्डोस्कोपी गर्दा आन्द्रामा घाउ देखिएको छ । अरू सबै रिपोर्ट नर्मल छ ।’

उनीहरूले वृद्धलाई भने, ‘बाजे, तपाईंको आन्द्रामा घाउ भएको छ, अरू केही रोग देखिएन ।’

वृद्धले भने, ‘मैले शुरूमै आन्द्रामा घाउ भएको छ भनेको थिएँ । बेकारमा अनेक जाँच गरेर मेरो पैसा सत्यनाश पारिदिए । त्यही बेला घाउ सुक्ने औषधि लेखिदिएको भए म अहिले बेखर्ची त हुने थिइनँ !’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x