०१ असार २०८३, सोमबार

बुटवलमा नेकपा ओली समूहको विशाल जनसभामा यत्रो भीड ! [फोटोफिचर]

फागुन १, २०७७
बुटवलमा नेकपा ओली समूहको विशाल जनसभामा यत्रो भीड ! [फोटोफिचर]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले शनिवार बुटवलमा आयोजना गरेको विशाल जनसभा शुरू भएको छ ।

जनसभा गर्नुअघि बुटवल बजारमा र्‍याली प्रदर्शन गरिएको थियो ।

पार्टी विभाजनपछि देशका विभिन्न ठाउँमा जनसभा गर्दै हिँडेका प्रधानमन्त्री केपी शर्मा ओली शनिवार बुटवलको बृहत् जनसभालाई सम्बोधन गर्दैछन् ।

सभाको आयोजना नेकपा लुम्बिनी प्रदेश कमिटीले गरेको हो । बुटवल–७ दीपनगरस्थित सिद्धेश्वर माविको खेल मैदानमा भइरहेको विशाल जनसभामा प्रधानमन्त्री ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट लगायतले सम्बोधन गर्दैछन् ।

सभामा २ लाख जनता उतार्ने नेकपाले दाबी गरेको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले सभामा रुपन्देहीमा १ लाख र बाहिरी जिल्लाबाट १ लाख जनता आउने दाबी गरेका थिए । 

हेर्नुस् यत्रो छ जनसभामा भीड –

salt training

कमेन्ट गर्नुहोस्