३० जेठ २०८३, शनिबार

कान्दाहार प्रान्तमा कार बम विस्फोट सात प्रहरी अधिकारी घाइते

कान्दाहार प्रान्तमा कार बम विस्फोट सात प्रहरी अधिकारी घाइते

अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारको अर्घान्दाब जिल्लामा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा सात प्रहरी अधिकारी घाइते भएका प्रहरी प्रवक्ता जमाल बारीक्जाईले बताउनु भएको छ । 

यस सामाचारको विस्तृत विवरण  प्राप्त नभएको तर सरकारी अधिकारीहरुले यस घटनाको अनुसन्धान भईरहेको बताएका छन् । 

यसैबीच नाम नबताउने शर्त एक प्रहरी अधिकारीले शनिबार बिहान ७ः३० मा प्रहरी अधिकारीहरुलक्षित एक अर्काे बम विस्फोटमा परी चार प्रहरीको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका जानकारी दिएको छ । तर यस बम विस्फोटको आधिकारीक पुष्टि भने भएको छैन् । 
 

salt training

कमेन्ट गर्नुहोस्