२८ जेठ २०८३, बिहीबार

एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर कीर्तिमान

फागुन १, २०७७
एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर कीर्तिमान

सुडी समाज काठमाडौँले स्मरण शक्तिका माध्यमबाट ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका डा नवल पञ्जियारलाई सम्मान गरेको छ ।
    
जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मनुभएका डा पञ्जियारले एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्वमा नयाँ कीर्तिमान राख्न सफल भएका हुन् । श्रम, उद्यममा लिन हुने कर्मठताले एउटा जागरुक, परिश्रमी र लगनशीलताका रुपमा आफूले जन्मेको स्थान, प्रदेश, देश र अन्तरराष्ट्रिय परिवेशमा प्रेरकको भूमिका निर्वाह गरी सुडी समुदाय र समाजलाई गरेको योगदानको कदर गर्दै सुडी समाज काठमाडौँले आज आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो ।

    त्यस्तै समाजले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर जस्तो गरिमामय पदमा नियुक्त हुनुभएका डा अंकुर शाहलाई पनि सम्मान गरेको छ । प्रदेश नं २ को समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण र नागरिकको स्वास्थ्य अवस्था सुधारमा पु¥याउनुभएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै उहाँलाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

    दुवै जनालाई समाजका अध्यक्ष डा अशोक महासेठ, निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता रामकृष्ण निराला र महासचिव शीतलप्रसाद महतोले ंसंयुक्त रुपमा दोसल्ला ओढाइ सम्मान पत्रद्वारा सम्मान गर्नुभएको हो ।

salt training

कमेन्ट गर्नुहोस्