३० जेठ २०८३, शनिबार

उत्तर प्रदेशको सरकारले लकडाउन उल्लङ्घनका मुद्दा फिर्ता लिने, योगीले दिए निर्देशन

फागुन १, २०७७
उत्तर प्रदेशको सरकारले लकडाउन उल्लङ्घनका मुद्दा फिर्ता लिने, योगीले दिए निर्देशन

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शनिबार राज्यमा आम जनताको विरुद्धमा कोभिड–१९ नियन्त्रण कानुन उल्लङ्घन गरेको मुद्दा फिर्ता लिन निर्देशन दिएका छन् । 

राज्य सरकारले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,“यस कदमबाट उत्तर प्रदेश सरकार यस्तो आदेश जारी गर्ने देशको पहिलो राज्य भएको छ । यो कदमले राज्यका साढे दुई लाख भन्दा बढी जनतालाई ठूलो राहत प्रदान गर्नेछ ।” 

यस कदमसँगै लाखौं सर्वसाधारणलाई उनीहरूको कोभिड–१९ प्रोटोकोल उल्लङ्घनका घटनाहरू अनुसन्धानका लागि भइरहेको अवस्थामा अदालत जानुपर्ने कठिनाईको पनि अन्त्य भएको छ । 

लकडाउन कानूनको धारा १८८ उल्लङ्घन गरेको आरोपमा राज्य भरका प्रहरी स्टेशनहरूमा दर्ता भएका यी मुद्दा फिर्ता लिने तयारी भइरहेको उत्तर प्रदेश सरकारले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्