२१ जेठ २०८३, बिहीबार

प्रधानन्यायाधीश जबराको आग्रह : विचार होइन, संविधानको धारामा केन्द्रित भएर बहस गर्नू

प्रधानन्यायाधीश जबराको आग्रह : विचार होइन, संविधानको धारामा केन्द्रित भएर बहस गर्नू

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विचार राख्नुभन्दा संविधानको धारामा केन्द्रित बहस गर्न आग्रह गरेका छन् ।

आइतवार रिट निवेदकको तर्फबाट कानून व्यवसायी दीनमणि पोखरेलले बहस गर्दा जबराले दुवै पक्षबाट विचार बढी आएको बताए ।

‘दुवै पक्षबाट धाराभन्दा पनि विचार बढी आए । सरकारी पक्षबाट धारा स्वतन्त्र छन् भन्ने आयो । निष्कर्षमा केन्द्रित रहेर बहस गर्नुस्,’ जबराले भने ।

यसअघि बहस गर्दै कानून व्यवसायी विकास भट्टराईले संसदले सरकारलाई सहयोग नगरेको भन्नु गलत भएको स्पष्ट पारे । ‘संसदमा ३६ विधेयक पास भएनन् भनेर सरकारी पक्षले भन्यो । तर ६ महिनासम्म सरकारले संसद नै बोलाएन, संसद चालू नै थिएन । कसरी असहयोग गर्‍यो भन्न मिल्छ ?’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्