![प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन घोषणा [प्रेस विज्ञप्तिसहित]](https://lktcdn2.prixacdn.net/media/ncp_ekNTIe9097.jpg)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आइतवार चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन ६ गते काठमाडौंमा टुँडिखेल वरिपरि मानव साङ्लो प्रदर्शन गर्ने घोषणा गरिएको छ ।
आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले फागुन ६ गते अपराह्न ४–५ बजेसम्म प्रतिगमन, महंगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरिने जानकारी दिए ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा प्रचण्ड–नेपाल समूह आन्दोलन गर्दै आएको छ । माघ २८ गतेसम्म तेस्रो चरणका आन्दोलन भएका थिए ।
आन्दोलन अन्तर्गत फागुन ५ देखि १२ गतेसम्म जिल्ला सदरमुकाममा जिल्ला कमिटीले विरोध गर्ने, फागुन ७ गते सबै पालिकाका वडा स्तरमा विरोध कार्यक्रम हुने, फागुन ७–१५ गतेसम्म सार्वजनिक स्थलमा वडा कमिटीले हस्ताक्षर संकलन गर्ने जनाइएको छ ।
प्रचण्ड–नेपाल समूहले फागुन ८ गते काठमाडौंमा बुद्धिजीवी र पेशागत संगठनको आयोजनामा बृहत् अन्तक्र्रिया हुने र आन्दोलनमा रहेका सबै दल र बौद्धिक समुदायको उपस्थिति रहने जनाएको छ ।
फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या, बलात्कारविरुद्ध देशव्यापी सबै जिल्लामा महिलाको विरोध हुने सहसंयोजक भट्टराईले बताए । फागुन १० गते काठमाडौं र हरेक जिल्लामा दलित मोर्चाको विरोध, फागुन ११ गते आदिवासी, मधेशी, दलित, जनजातिका सांस्कृतिक पहिचान सहितको विरोध, फागुन १२ चितवन र २१ गते दाङ ठूला विरोध प्रदर्शन हुने, फागुन १४ गते बहृत् युवा र्याली, फागुन १५ गते किसान सुकुम्बासी मोर्चाको विरोध कार्यक्रम काठमाडौंमा हुने उनले बताए ।
प्रेस विज्ञप्ति –

