२१ जेठ २०८३, बिहीबार

सर्वोच्चले प्रतिनिधिसभा विघटन सदर गरे युद्धस्तरमा चुनावको तयारी गरिने छ : कमल थापा

सर्वोच्चले प्रतिनिधिसभा विघटन सदर गरे युद्धस्तरमा चुनावको तयारी गरिने छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गरे युद्धस्तरमा चुनावको तयारी गरिने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा जिल्ला अध्यक्षहरूसँगको बैठकबारे जानकारी दिँदै अध्यक्ष थापाले राप्रपा चुनावको तयारीमा जाने बताए ।

उनले ट्विटरमा लेखेका छन्, ‘राप्रपा जिल्ला अध्यक्षहरूसँगको दोस्रो चरणको भर्चुअल बैठक आज सम्पन्न भयो । जिल्ला अध्यक्षहरूबाट संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशन तयारीलाई सशक्त ढंगबाट सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे युद्धस्तरमा चुनावको तयारी गरिने छ ।’

salt training

कमेन्ट गर्नुहोस्