०१ साउन २०८३, शुक्रबार

वेस्ट इन्डिजले जित्यो बंगलादेशविरुद्ध टेस्ट शृंखला

फागुन २, २०७७
वेस्ट इन्डिजले जित्यो बंगलादेशविरुद्ध टेस्ट शृंखला

वेस्ट इन्डिजले बंगलादेशविरुद्धको दोस्रो टेस्ट म्याच १७ रनको विजय हासिल गर्दै दुई म्याचको शृंखला जितेको छ ।

ढाकाको शेरे बंगला नेसनल स्टेडियममा आइतवार सम्पन्न टेस्टमा वेस्ट इन्डिजले साँघुरो जीत हासिल गरेको हो ।
 

वेस्ट इनिडजको जीतमा राहकीम कोर्नवाल नायक रहे । उनले पहिलो इनिङमा पाँच र दोस्रोमा चार विकेट हात पारे । 

टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले ४०९ रन बनाएको थियो । विकेटकीपर ब्याट्स्म्यान जोशुआ दा सिल्भाले ९२, न्क्रुमा बोन्नरले ९० र अल्जारी जोसेफले ८२ रन बनाए । बंगलादेशका अबु जायेद र तैजुल इस्लामले चार–चार विकेट हात पारे ।

जवाफमा बंगलादेशले पहिलो इनिङमा २९६ रन मात्र बनाउन सक्यो । लिटोन दासले ७१, मेहदी हसनले ५७ र मुश्फिकुर रहीमले ५४ रन बनाए । 

दोस्रो इनिङमा भने वेस्ट इन्डिजले राम्रो प्रदर्शन गर्न सकेन र जम्मा ११७ रनमा अलआउट भयो । बोन्नरको सर्वाधिक ३८ रन रह्यो । 

तर पहिलो इनिङमा राम्रो अग्रता लिएका कारण वेस्ट इन्डिज बलियो स्थितिमा थियो । जीतका लागि २३१ रनको लक्ष्य पछ्याउन बंगलादेशले प्रयास गरेकोमा २१३ रन मात्र बनाउन सक्यो । 

ओपनर तमिम इकबालले ५० रन बनाए भने अन्यले थोरबहुत योगदान दिए । अन्य ब्याट्स्म्यानले शुरूआत राम्रै गर्ने तर निरन्तरता दिन नसक्ने गरेकाले बंगलादेश लक्ष्यबाट टाढै रही हार बेहोर्न बाध्य भयो । 

पहिलो टेस्टमा वेस्ट इन्डिज तीन विकेटले विजयी भएको थियो ।   
 

salt training

कमेन्ट गर्नुहोस्