२१ जेठ २०८३, बिहीबार

वैशाखको चुनावमा मतदानस्थलमा सीसी क्यामेरा राख्न निर्वाचन आयोगलाई सुझाव

वैशाखको चुनावमा मतदानस्थलमा सीसी क्यामेरा राख्न निर्वाचन आयोगलाई सुझाव

आगामी वैशाखका लागि तोकिएको मध्यावधि निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले आइतवार राजनीतिक दलहरूसँग गरेको छलफलमा मतदानस्थलमा सीसी क्यामेरा राख्न सुझाव प्राप्त भएको छ ।

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै प्राप्त सुझावबारे जानकारी दिएका छन् ।

२०७८ वैशाख १७ गते शुक्रवार पहिलो चरण र वैशाख २७ गते सोमवार दोस्रो चरणमा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट तयार गरिएको निर्वाचन आचारसंहिता २०७७ को मसौदा उपर संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग आइतवार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको अध्यक्षतामा छलफल कार्यक्रम भएको हो ।

‘कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिताको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने, अनुगमनकर्ता तथा अनुगमन समितिलाई प्रभावकारी बनाउनुपर्ने, दलको निर्वाचन खर्च पारदर्शी हुनुपर्ने, मतदानपश्चात मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्ने क्रममा दल तथा उम्मेदवारका प्रतिनिधिलाई मतपेटिकासँगै आउने व्यवस्था मिलाउनुपर्ने, मतदानस्थलमा सीसी क्यामराको प्रयोग गर्नुपर्ने लगायतका महत्त्वपूर्ण विषयहरूमा लिखित एवं मौखिक रूपमा सुझाव दिनुभयो,’ विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको जनाइएको छ । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधर, आयोगका सचिव देवकुमारी गुरागाईं लगायतको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्