२४ जेठ २०८३, आइतबार

कोरोना विरुद्धको खोपमा ज्येष्ठ नागरिकलाई उपेक्षा गरियो – साझा पार्टी

कोरोना विरुद्धको खोपमा ज्येष्ठ नागरिकलाई उपेक्षा गरियो – साझा पार्टी

कोभिड-१९ विरुद्धको खोप अभियानमा राज्यले ज्येष्ठ नागरिकहरूमाथि उपेक्षा गरेको भन्दै साझा ज्येष्ठ नागरिक संगठनले खेद प्रकट गरेको छ ।

आइतवार एक विज्ञप्ति जारी गर्दै संगठनले भनेको छ – 'कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकहरूलाई सरकारले खोप अभियानको तेस्रो चरणसम्ममा पनि प्राथमिकतामा नपार्नु अत्यन्त दु:खद र दुर्भाग्यपूर्ण छ ।'

संगठनले विश्वभर ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखी कोभिड १९ विरुद्धको खोप दिइँदै गरिएकोमा नेपालमा यो वर्गमाथि सरकारले गरेको विभेदले सामाजिक न्याय र सुरक्षाप्रति सरकारी उदासीनता पुनः छर्लङ्ग भएको आरोप लगाएको छ ।

'अहिलेसम्मको उपेक्षाप्रति क्षमा याचना गर्दै खोप अभियानको यसपछिको चरणमा ज्येष्ठ नागरिकलाई मुख्य प्राथमिकतामा राख्न साझा ज्येष्ठ नागरिक संगठन सरकारसँग जोडदार माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्