२४ जेठ २०८३, आइतबार

अब कुकुरले सुँघेरै पत्ता लगाउन सक्छ कोरोना संक्रमण

अब कुकुरले सुँघेरै पत्ता लगाउन सक्छ कोरोना संक्रमण

कोरोनालाई हराउन विभिन्न तरिकाहरू प्रयोग भइरहेका छन् । एक जर्मन भेटरिनरी क्लिनिकले स्निफर कुकुरहरूमार्फत संक्रमितको र्याल नमूनाबाट कोरोना भाइरस पत्ता लगाउन खोजेका छन् र यसको एक्युरेसी ९४ प्रतिशत रहेको दाबी गरिएको छ ।

जर्मनीको आर्म्ड फोर्सेज स्कूल फर सर्भिस डग्सका एस्तर सल्केले भनेका छन् कि यी कुकुरहरू संक्रमित व्यक्तिहरूको कोषबाट आउने 'कोरोना गन्ध' लिन प्रशिक्षित भएका छन् । एक बर्षे बेल्जियम शेफर्ड फिलू र एक बर्षे कोकर स्पानियर्ड नामको कुकुरलाई यस्तो प्रशिक्षण दिइएको थियो ।

पशु चिकित्सा क्लिनिकका होल्जर भोलकले भनेका छन्, 'हामीले एउटा अध्ययन गरेका थियौं जसमा कुकुरहरूले कोभिड-पोजिटिभ बिरामीहरूको नमूना सुंघेका छन् । हामी भन्न सक्छौं कि हाम्रो अध्ययनले कुकुरले सुँघेर कोरोना पत्ता लगाउन सक्ने सम्भावना ९४ प्रतिशत रहेको छ ।

हैनोभरको कन्सर्टमा आउने व्यक्तिको सम्भाव्यता परीक्षण गर्न स्निफर कुकुरहरू पनि प्रयोग गरिएको छ । फिनल्याण्डमा पनि पाइलट प्रोजेक्टको रूपमा गत वर्ष यात्रुहरूमा कोरोना भाइरस पत्ता लगाउन तालिमप्राप्त कुकुरहरू प्रयोग गर्न थालिएको थियो । यस्ता कुकुरहरू चिलीको स्यान्टियागो अन्तर्राष्ट्रिय एयरपोर्टमा प्रयोग भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्