०३ असार २०८३, बुधबार

पछिल्लो समय थपिएका कोरोना सङ्क्रमित कुन जिल्लाका कति ?

पछिल्लो समय थपिएका कोरोना सङ्क्रमित कुन जिल्लाका कति ?

थप १०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ७१८ पुगेको छ । थप तीन हजार ५०१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख १७ हजार ५० जना पुगेको छ ।     

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६९ हजार ६० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १३१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ६०४ सक्रिय सङ्क्रमित रहेका छन् ।    

पछिल्लो समय थपिएका कोरोना सङ्क्रमितमा इलाममा एक, उदयपुरमा दुई, धनकुटामा एक, मोरङमा तीन, रौतहटमा एक, काठमाडौँमा ४७, भक्तपुरमा दुई, मकवानपुरमा एक र ललितपुरमा १२ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । यसैगरी कास्कीमा २५ तथा गोरखा, तनहुँ, लमजुङ, बागलुङ, स्याङजा, कपिलवस्तु, दाङ, पाल्पा एवं  सुर्खेतमा एक÷एक जना सङ्क्रमित थपिएका छन् ।  
 
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ५४ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्