०३ असार २०८३, बुधबार

कुवेतमा भनेर तस्करले लगे श्रीलंका

कुवेतमा भनेर तस्करले लगे श्रीलंका

कुवेतमा काम लगाइदिने बहानामा दलालको एक समूहले भारतबाट मलेसिया हुँदै श्रीलङ्का पु¥याएर एक महिलालाई बेचबिखन गरेको पाइएको छ ।

पीडितले दश महिना जेल जीवन बिताई नेपाल फर्किएर उजूरी दिएपछि यसरी मानव बेचबिखन भएको खुलेको हो । कुवेतमा घरायसी काममा लगाइदिने र त्यसबाट आकर्षक तलब पाउने लोभ देखाएर श्रीलङ्कामा मानव बेचबिखन गरेको आरोपमा बेचबिखनमा संलग्न गिरोहमध्ये एक जनालाई पक्राउ गर्न सफल भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।  पक्राउ पर्नेमा बर्दिया स्थायी घर भई हाल पर्वत बस्दै आएका ३६ वर्षीय खेमबहादुर सुवेदी छन् ।

सुवेदीलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले पर्वतको कुस्मामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्