२८ जेठ २०८३, बिहीबार

अदालतबाट बाहिरिने क्रममा पूर्व प्रधानन्यायाधीशले भने– आजै म्याद बुझ्यौं, आजै जवाफ दियौं

अदालतबाट बाहिरिने क्रममा पूर्व प्रधानन्यायाधीशले भने– आजै म्याद बुझ्यौं, आजै जवाफ दियौं

अदालतको अवहेलना मुद्दामा पूर्व प्रधानन्यायाधीशहरूले सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् ।

सोमवार मध्याह्न अदालत पुगेका पूर्व प्रधानन्यायाधीशहरूले आफूहरूसँग अदालतले मागेको जवाफ पेश गरेका हुन् ।

'आजै म्याद बुझ्यौं र आजै जवाफ दियौं,' पूर्व प्रधानन्यायाधीश शर्माले सञ्चारकर्मीसँग भने ।

पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सोमवार सर्वोच्च अदालत पुगे थिए । 

अदालतमा विचाराधीन विषयमा विज्ञप्ति जारी गरेर प्रभावित गर्न खोजेको भन्दै उनीहरूविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । 

न्यायाधीश मनोजकुमार शर्माको इजलासले उनीहरूलाई लिखित जवाफ लिएर आफैँ अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो । 

प्रतिनिधि सभा विघटनका विरुद्धमा चार पूर्व प्रधानन्यायाधीशले विज्ञप्ति प्रकाशित गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्