२३ असार २०८३, मंगलबार

गगन थापाको कटाक्ष– 'प्रधानमन्त्रीलाई सुन्न होइन, हास्य कलाकारलाई सुन्न जनता आएका हुन्'

गगन थापाको कटाक्ष– 'प्रधानमन्त्रीलाई सुन्न होइन, हास्य कलाकारलाई सुन्न जनता आएका हुन्'
फाइल फोटो

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले प्रधानमन्त्रीलाई जनताले केबल हास्य कलाकारका रूपमा मात्र सुन्न चाहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस चितवनद्वारा भरतपुरमा आयोजित सभालाई सोमवार सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको सभामा मान्छेहरू भाषण सुनेर हाँस्नका लागि मात्र आएको बताए ।

'प्रधानमन्त्री सभा गर्दै हिँड्नुभएको छ । प्रधानमन्त्रीको समर्थनमा पक्कै पनि जनता छन् । कोही बोकेर आएका छन्, कोही बोकाइएर आएका छन् । प्रधानमन्त्रीज्यू उत्साहित भएर बाकस–बाकस भन्न थाल्नुभएको छ,' थापाले भने, 'सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्झाउनुपर्ने बेला भएको छ– प्रधानमन्त्रीले के भन्नुहुन्छ भनेर सुन्न जनता आएका होइनन्, केबल हास्य कलाकारलाई सुन्न आएका हुन् । तपाईंलाई जनताले हास्य कलाकारका रूपमा सुन्न चाहेका छन् ।'

उनले थपे– 'प्रधानमन्त्रीज्यूलाई सामाजिक सञ्जाल खुब मन पर्छ । उहाँ टिकटकमा पनि हुनुहुन्छ । मलाई टिकटकको एउटा यस्तो भिडियो देखाउनुस्, जसलाई प्रधानमन्त्रीले  विकास निर्माणबारे बोलेको कुरामा बनाइएको होस् ।'

उनले प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटन नेकपाको जिल्ला अध्यक्षलाई कांग्रेस सभापतिले हटाए जस्तै अनधिकृत रहेको टिप्पणी गरे ।

'यो असंवैधानिक मात्र होइन अनधिकृत हो, कांग्रेसको सभापतिले नेकपाको जिल्ला अध्यक्षलाई पदबाट हटाएजस्तो,' थापाले भने । 

salt training

कमेन्ट गर्नुहोस्