
नेपालबाट रुसमा ५ किलो अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङको बेशीशहर नगरपालिका–१० का ५२ वर्षीय टेकबहादुर राउतलाई ललितपुर महानगरपालिका–३ पुल्चोकबाट शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कीर्ति क्राफ्ट लिमिटेड काठमाडौंको नामबाट रुस पठाएको क्यान बोत्तल भित्रबाट चरेस बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
घटनामा अवैध लागूऔषध कारोबार र तस्करी मुद्दामा रुसमा अनुसन्धान भइरहेकोमा रुस सरकारबाट पारस्परिक कानूनी सहायताका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा पत्र पाप्त भएपश्चात थप अनुसन्धान गर्ने क्रममा ब्यूरोबाट खटिएको प्रहरीले घटनामा संलग्न राउतलाई ललितपुरको ललितपुर महानगरपालिका–३ पुल्चोकमा फेला पारी पक्राउ गरेको छ ।
राउतमाथि लागूऔषध चरेश कारोबार मुद्दामा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।