२१ जेठ २०८३, बिहीबार

प्रहरीमा काज सरुवा : अपराध महाशाखाका एसएसपी थापालाई सरुवा गरेर खापुङलाई जिम्मेवारी

प्रहरीमा काज सरुवा : अपराध महाशाखाका एसएसपी थापालाई सरुवा गरेर खापुङलाई जिम्मेवारी

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाको सरुवा भएको छ । 

एसएसपी थापाको ठाउँमा अर्का एसएसपी चन्द्र कुँवेर खापुङलाई काज सरुवा गरिएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले लोकान्तरलाई जानकारी दिए । 

थापालाई प्रहरी प्रधान कार्यालय भर्ना शाखामा सरुवा गरिएको छ ।

अपराध महाशाखामा थापाको कार्यकालमा हालै नेकपा प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिएर सोधपुछ पछि छाडिएको थियो ।

प्रहरीले मधुसूदन लुइँटेललाई लुम्बिनी प्रदेश र हरिराज वाग्लेलाई कार्य तथा अपराध अनुसन्धान विभागमा खटाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्