२३ जेठ २०८३, शनिबार

जातीय छुवाछुत तथा भेदभाव मुद्दाका फरार ३ जना अभियुक्त पक्राउ

जातीय छुवाछुत तथा भेदभाव मुद्दाका फरार ३ जना अभियुक्त पक्राउ

जातीय छुवाछुत तथा भेदभाव मुद्दाका ३ जना फरार अभियुक्तलाई आइतवार दिउँसो जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले पाँचखाल नगरपालिका–६ बाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ बस्ने ३७ वर्षीय रामचन्द्र श्रेष्ठ, २५ वर्षीय नविन श्रेष्ठ र ३० वर्षीय दिपक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए । 

पाँचखाल नगरपालिका–६ स्थित यात्रु प्रतिक्षालयमा २०७४ माघ १ गते पीडितलाई दलित भन्दै अपशब्द तथा गालीगलौज गरी जुत्ताको माला लगाई गाउँ निकाला गर्न खोजेको घटना सम्बन्धी मुद्दामा उच्च अदालत पाटनको २०७६ असार १६ गते जनही ४ महिना कैद, ५ हजार रुपैयाँ जरिवाना र पीडितलाई जनही २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने गरी भएको फैसलापश्चात फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत धुलिखेलको आदेशले बाँकी कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्