२१ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा इटालीका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री ओलीद्वारा इटालीका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले इटालीको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका मारियो ड्राघीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । 

 प्रधानमन्त्री ओलीले आज इटालीका आफ्ना समकक्षीलाई एक शुभकामना सन्देश पठाउनु हुँदै त्यहाँका जनताको शान्ति र समृद्धिको कामना गरेका छन् । 
प्रधानमन्त्रीले दुई देशका बीचमा लामो समयदेखि रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप विस्तार हुने विश्वास व्यक्त गरे । उनले इटालीका प्रधानमन्त्रीसँग नजिक रहेर आगामी दिनमा उत्पादनमूलक क्षेत्रहरु जस्तै व्यापार र लगानीका क्षेत्रमा काम गर्ने र जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्ने बताएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्