
सरकारले कोभिड–१९ ले गर्दा स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति गरेको छ । सरकारले तीन वर्षमा गरेको उपलब्ध सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रगति विवरणमा अस्पताल र स्वास्थ्य चौकीमा ३८.४ प्रतिशत श्यया वृद्धि गरिएको जानकारी दिए ।
अस्पताल र स्वास्थ्य चौकीमा दुई हजार ४९२ श्यया थप गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ । अस्पताल र स्वास्थ्य चौकीमा उपलब्ध छ हजार ४९० श्ययामा थप दुई हजार ४९२ थप गरी आठ हजार ९८२ पु¥याइएको छ ।
प्रगति विवरणमा यस वर्ष मात्र ३०९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको लागि एकैपटक शिलान्यास गरिएको छ । आगामी दुई वर्षभित्र सम्पन्न हुने स्थानीयस्तरका यी अस्पतालमा थप आठ हजार श्यया थपिन थालेको उनले जानकारी दिए । सरकारले स्थानीय तह हेरी पाँच, १० र १५ श्यया निर्माण कार्य थालिएको हो ।
प्रगति विवरणमा अर्को वर्ष थप २०४ स्थानीयस्तरका अस्पतालको निर्माण शुरू गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए ।