१४ असार २०८३, आइतबार

दलका नेताले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्यो : गगन थापा

फागुन ४, २०७७
दलका नेताले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्यो : गगन थापा
फाइल फोटो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरूले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताएका छन् ।

चितवनमा लक्की मिडिया हाउसको पाँचौं वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमवार उनले कोरोनाको संक्रमणका कारण सञ्चार क्षेत्र धरासायी बनेको बताए ।

मिडियालाई सरकार र राजनीतिक दलको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

कोरोनाका त्रास अझै बाँकी रहेको भन्दै उनले सबै मिलेर अहिलेको स्थितिलाई समाधान गर्नुपर्ने बताए । सो अवसरमा जिल्लाका २ पत्रकार सूर्यप्रसाद अधिकारी र दिनेश श्रेष्ठलाई सम्मान गरिएको थियो । 

चिकित्सा विधाअन्तर्गत भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख एवं नेपाल चिकित्सक संघ चितवन शाखाका निवर्तमान अध्यक्ष डा. प्रकाश खतिवडा, पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिस्ट डा. सुदीपराज केसी र भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ  डा. ओमकृष्ण पाठक, भरतपुर महानगर प्याब्सनका उपाध्यक्ष इन्दिरा कार्की, लिटिल फ्लावर स्कूल नारायणगढका प्राचार्य फादर रोवी कु र अर्किड स्कूल भरतपुरका सहप्राचार्य ओमराज मैनाली, नेपाली सिने  क्षेत्रकी नायिका आँचल शर्मा र अभिनेता विपिन कार्कीलाई पनि सम्मान गरिएको थियो ।

खेल विधा अन्तर्गत नवलपुर र चितवनका गरी ३ खेलाडी सम्मानित भएका छन् । नवलपरासी–बर्दघाट सुस्तापूर्व जिल्ला फूटबल संघका महासचिव लक्ष्मण कार्की, एएफसी फूटबल संघका प्रशिक्षक कृष्ण कार्की र ए डिभिजनका फूटबल खेलाडी प्रदीप भण्डारीलाई सम्मान गरिएको हो ।

युवा व्यवसायी सुजन ओझा, सफल सर्जिकल हाउसका सञ्चालक अर्जुन रानाभाट र लेक ट्वान्टी थाउजेण्डका प्रबन्धक राजेश शर्मा आचार्य सम्मानित भएका छन् । देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष एवं समाजसेवी टंकनाथ पौडेल र विमला पौडेल बस्नेतलाई समेत नगदसहित सम्मान गरिएको थियो ।

उनीहरूलाई नेता थापासहित वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाली कांंग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, कांग्रेसका युवा नेता राजकुमार राजभण्डारी, नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ लगायतले बोलेका थिए ।

सो अवसरमा साहित्यकार झमक घिमिरेद्वारा लिखित नेपाली कथानक चलचित्र ‘जीवन काँडा कि फूल’ प्रदर्शन गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्