०४ असार २०८३, बिहीबार

कांग्रेसको कसैसँग सहकार्य हुँदैन, त्यसमाथि कम्युनिस्टसँग झनै सम्भव छैन : डा. कोइराला

कांग्रेसको कसैसँग सहकार्य हुँदैन, त्यसमाथि कम्युनिस्टसँग झनै सम्भव छैन : डा. कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले कसैसँग पनि सहकार्य नगर्ने दोहोर्‍याएका छन् ।

नेपाल प्रेस युनियन दाङले घोराहीमा मंगलवार गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसले कम्युनिस्टसँग झनै सहकार्य नगर्ने बताए ।

‘संसद विघटनको विरोधमा हुने आन्दोलनमा कांग्रेसको कोही कसैसँग सहकार्य हुँदैन । त्यसमाथि अझ कम्युनिस्टसँग झनै सम्भव छैन,’ उनले भने, ‘कांग्रेस विचार, सिद्धान्तमा सबैभन्दा शक्तिशाली पार्टी रहेकाले आन्दोलनका लागि कसैसँग सहकार्य गर्न जरुरी छैन ।’

संसद पुनःस्थापनाको सवालमा कांग्रेस एक्लै आन्दोलनमा रहने महामन्त्री कोइरालाले बताए । ‘कांग्रेस विचार र सिद्धान्तमा सबैभन्दा बढी शक्तिशाली पार्टी हो,’ उनले भने, ‘यसर्थ संविधानलाई ट्रयाकमा ल्याउनका लागि कांग्रेस एक्लै आन्दोलनमा जान्छ ।’

salt training

कमेन्ट गर्नुहोस्