२१ जेठ २०८३, बिहीबार

मध्यप्रदेशमा बस नहरमा खस्दा ४२ जनाको मृत्यु, ट्राफिक जाम छल्न अर्कै बाटो जाँदा दुर्घटना

फागुन ४, २०७७
मध्यप्रदेशमा बस नहरमा खस्दा ४२ जनाको मृत्यु, ट्राफिक जाम छल्न अर्कै बाटो जाँदा दुर्घटना

भारतको मध्यप्रदेशस्थित सीधीमा यात्रुबस नहरमा खस्दा ४२ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार ५४ यात्रु बोकेको बस मंगलवार वाणसागर नहरमा खसेको हो । दुर्घटनामा ६ जनाको सकुशल उद्धार गरिएको छ ।

बस नहरमा खसेपछि पौडी खेलेर ज्यान जोगाएका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बस सीधीबाट सतना गइरहेका बेला बिहान साढे ७ बजे दुर्घटना भएको हो । दुर्घटनाको ४ घण्टापछि क्रेनको सहायताले बसलाई बाहिर निकालिएको छ । नहरको गहिराइ २०–२२ फीट रहेकाले दुर्घटना दर्दनाक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बसमा यात्रा गरिरहेका यात्रुहरू १२ कक्षाका छात्र र रेल्वेको परीक्षा दिन सतना गइरहेकाहरू थिए ।

बसमा ३२ जनाको मात्रै सीट क्षमता भएपनि ५४ यात्रु भरिएको थियो । बस सिधा बाटो छुहियाबाट सतना जानुपर्ने भएपनि ट्राफिक जाम छल्न रुट परिवर्तन गर्दा दर्दनाक घटना भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्