१३ असार २०८३, शनिबार

नेकपा एमालेद्वारा रसुवामा बन्द आह्वान, जनजीवन प्रभावित

कात्तिक २०, २०७४
नेकपा एमालेद्वारा रसुवामा बन्द आह्वान, जनजीवन प्रभावित

रसुवा, ६ जेठ– आफ्ना कार्यकर्तामाथि भएको खुकुरी प्रहारमा संलग्नलाई कारबाही गर्नुपर्ने भन्दै नेकपा एमालेले रसुवा जिल्ला वन्द आह्वान गरेको छ ।

नेकपा एमालेका रसुवा जिल्ला अध्यक्ष कर्णेल लामाले एक विज्ञप्ती जारी गर्दै रसुवा बन्द गरिएको जनाएका छन् । लामाद्वारा जारी विज्ञप्तीमा खुकुरी प्रहारमा संलग्न र दोषीलाई भगाएको आरोप लागेका स्याफ्रुबेसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षकलाई कारबाही गर्नुपर्ने माग गरिएको छ ।

एमालेले बन्द आह्वान गरसँगै विहानैदेखि रसुवामा सवारी साधन चलेका छैनन् । एमालेको बन्दै सदरमुकाम धुन्छे पनि बन्द छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाले भने घटनामा संलग्नहरुको खोजी जारी रहेको जनाएको छ । दोषीहरु जहाँसुकै गएपनि पक्राउ गरिछाड्ने प्रहरीको भनाइ छ ।


बिहीबार राति नौकुण्ड गाउँपालिकाको यार्सामा खुकुरी प्रहार हुँदा फुर्पु साग्बो तामाङ घाइते भएका थिए । हाल उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्