०१ असार २०८३, सोमबार

सीमा क्षेत्रबाट लागूऔषधसहित १ जना पक्राउ

फागुन ६, २०७७
सीमा क्षेत्रबाट लागूऔषधसहित १ जना पक्राउ

कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कार्गिलडाँडास्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागूऔषधसहित सशस्त्र प्रहरीले बुधवार राति १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शिवमन्दिर बस्ने ३० वर्षीय सद्दाम मिया रहेका छन् ।
 
मियाले चलाएको से४प ७७६७ नम्बरको मोटरसाइकलसहित लागूऔषध प्याइभोन स्पास प्लस १० गोटा चक्की, नेट्राभेट दुई चक्की र एक ग्राम खैरो हिरोइन बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए ।

पक्राउ परेका मियालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्