०४ असार २०८३, बिहीबार

समयमै काम नसकेपछि सभाहल निर्माणको म्याद थपेको थप्यै

फागुन ६, २०७७
समयमै काम नसकेपछि सभाहल निर्माणको म्याद थपेको थप्यै
प्रतिकात्मक तस्वीर

गण्डकी प्रदेशकै गौरव तथा ठूलो आयोजनाको रूपमा निर्माणाधीन ‘तनहुँ सभाहल’ निर्माण कार्य हालसम्म ७५ प्रतिशत सम्पन्न भएको छ ।

विक्रम संवत् २०७४ पुस १३ गते सम्झौता गरी विक्रम संवत् २०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने सम्झौता गरी श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौंले निर्माणको जिम्मा पाएको हो ।

कोभिड–१९ का कारण सम्झौता भएको अवधिमा सम्पन्न गर्न नसकिएपछि ६ महिनाको म्याद थप गरी पुस महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइएको थियो । 

उक्त अवधिमा पनि सम्पन्न गर्न नसकिने देखिएकाले पुनः ६ महिना समय थप्नका लागि प्रक्रिया अघि बढाइएको निर्माण कम्पनीका इञ्जिनीयर विक्रम केसीले बताए । व्यास नगरपालिका–३ बिपीवन बाटिकामा निर्माण गरिएको भवनको निर्माणको कार्य सम्पन्न भए पनि फिनिसिङको कार्य बाँकी रहेको छ ।

उनका अनुसार अहिले मार्बल बिच्छ्याउने कार्य, प्लम्बिङ, एसी जडान लगायतका कार्य भइरहेका छन् ।  

करीब ६ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको भवनको २ ब्लकमा गरी भवन निर्माण गरिएको छ । निर्माणाधीन सभाहलको क्षमता ७५० को रहेको बताइएको छ । ४ ढलानको निर्माण हुने सो भवनको भूइँ ढलानमा सवारी पार्किङ, दोस्रो तल्लामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम कक्ष लगायतका सुविधायुक्त कक्ष रहने छन् । 

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा भवन निर्माण कार्य अघि बढाइएको निर्माण कम्पनीका साइट सुपरभाइजर गौतम घिमिरेले जानकारी दिए । भवन कूल २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँ लागतमा बन्न लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्