२९ असार २०८३, सोमबार

अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत पुगेर पेश गरे लिखित जवाफ

अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत पुगेर पेश गरे लिखित जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् ।

‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ भन्ने अभिव्यक्तिविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न प्रधानमन्त्री स्वयं अदालत पुगेका हुन् ।

प्रधानमन्त्री ओली करीब १० मिनेट अदालतमा बसेर फर्किएका छन् ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको रिटमा माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले आफैं उपस्थित भएर जवाफ पेश गर्न प्रधानमन्त्रीलाई आदेश दिएको थियो ।

९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा गरेको बहसलाई प्रधानमन्त्री ओलीले 'तमासा' भनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्