२५ जेठ २०८३, सोमबार

विध ल्याबलाई ‘ए’ ग्रेडको अनुमति, निःसन्तान दम्पत्तिका लागि बाँझोपन पनि परीक्षण

विध ल्याबलाई ‘ए’ ग्रेडको अनुमति, निःसन्तान दम्पत्तिका लागि बाँझोपन पनि परीक्षण

ललितपुरको कुपण्डोलमा रहेको विध ल्याबले ‘ए’ ग्रेडको अनुमति पाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधवार ल्याबलाई ‘ए’ ग्रेडको प्रयोगशालाको अनुमति दिएको हो । 

जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्दा ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड निर्देशिका २०७३’ अनुसार मापदण्ड पूरा गरेको पाइएकोले ‘ए’ ग्रेडको प्रयोगशाला सञ्चालन अनुमति दिइएको छ ।

जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले एक पत्रमार्फत २०७८ असार मसान्तसम्मका लागि अनुमति जारी गरिएको बताएकी छन् । अनुमति पाएपछि ल्याबले अझै सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता गरेको छ । ल्याबका सञ्चालक विके भण्डारीका अनुसार अहिले करीब २ हजार ५०० प्रकारका टेस्टहरू ल्याबमा गरिने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीपछि सञ्चालनमा आएको ल्याबले देशभरिका ल्याबमध्ये सबैभन्दा बढी आरटी पीसीआर परीक्षण गरेको भण्डारीले जानकारी दिए । ल्याबमा जेनेटिक तथा मोलिकुलर सम्बन्धी सम्पूर्ण जाँच हुने जनाइएको छ ।

सञ्चालक भण्डारीले हाल चलनचल्तीको मूल्यभन्दा कम मूल्यमा परीक्षण गर्ने तयारीमा रहेको बताए । छोटो समयमा निकै चर्चा बटुलेको ल्याबले पोखरामा पनि आफ्नो सेवा  विस्तार गरिसकेको छ । 

हालसम्म गुणस्तरमा कुनै समस्या नआएको ल्याबले दाबी गरेको छ । ल्याबमा निःसन्तान दम्पत्तिका लागि पनि बाँझोपन परीक्षण सेवा उपलब्ध गराउन सुरू गरिएको ल्याबका कार्यकारी प्रमुख रविशंकर पोखरेलले बताए । उनका अनुसार १ महिनासम्म टेस्ट गर्न आउनेलाई १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने ल्याबमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एन्टिबडी परीक्षण पनि भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्