
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता सुवासचन्द्र नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् ।
इलाम जिल्ला सदरमुकाममा बिहीवार आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताए ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम २०० प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो,’ नेता नेम्वाङले भने, ‘सर्वोच्च अदालतले यस बारेमा अन्तरिम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।’
संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी उनले गरे ।