१२ असार २०८३, शुक्रबार

भारतबाट ४ डलरका दरले कोरोना खोप खरिद गर्दै सरकार, जुनसम्म सबै नागरिकलाई खोप

भारतबाट ४ डलरका दरले कोरोना खोप खरिद गर्दै सरकार, जुनसम्म सबै नागरिकलाई खोप

सरकारले आगामी जुन महिनाभित्र सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराइसक्ने लक्ष्य लिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले भारतबाट ४ अमेरिकी डलरको दरले खोप खरिद प्रक्रिया अगाडि बढेको बताए ।

मन्त्री त्रिपाठीका अनुसार २० लाख डोज खोप खरिदका लागि सरकारले पैसा पठाइसकेको छ । भारतको सिरम इन्स्टिच्युट अफ इन्डियालाई रकम पठाइएको उनले बताए ।

यसअघि भारत सरकारले अनुदानमा खोप उपलब्ध गराएको थियो । अब सरकारले भारतबाटै खोप खरिद गर्दैछ ।

आगामी २ हप्ताभित्रै खरिद गरेको २० लाख डोज खोप समेत नेपाल आइसक्ने मन्त्री त्रिपाठीले बताए ।

नेपालमा कोरोना खोप आयात र बिक्रीका लागि निजी कम्पनीलाई समेत अनुमति दिने मन्त्री त्रिपाठीले बताए । मन्त्रिपरिषद् बैठकबाट मापदण्ड बनाएर खोप ल्याउन दिइने उनले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्