०८ साउन २०८३, शुक्रबार

दोहोरो अंकले नेप्से बढ्दा शेयर बजार नयाँ उचाइमा

दोहोरो अंकले नेप्से बढ्दा शेयर बजार नयाँ उचाइमा

साताको अन्तिम कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से यस दिन २५.२३ अंकले बढ्दा शेयर बजार २६३६.६८ विन्दुमा पुगेको छ । यससँगै बजार नयाँ उचाइमा पुगेको छ ।

यस दिन सेन्सेटिभ परिसूचक ६.७७ अंकले बढ्दै ४८१.७८ विन्दुमा पुगेको छ । 

नेप्सेका अनुसार, कुल २ सय ६ कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५ सय ७८ कित्ता शेयर ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

कारोबारका आधारमा बिहीवार सबैभन्दा धेरै एनआइसी एसिया बैंकको कारोबार भएको छ । यस बैंकको ५६ करोड १ लाख ८ हजार ३ सय ५७ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । 

यस्तै इन्फ्रास्ट्रक्टर बैंक (निफ्रा)को ५० करोड ८२ लाख रुपैयाँ, सिभिल बैंकको २८ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

यस दिन ८ वटा कम्पनीहरूको शेयर मूल्य सर्किट लेभलमा पुगेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्