०४ असार २०८३, बिहीबार

हत्या मुद्दाका अभियुक्त पक्राउ गरी सार्वजनिक

फागुन ६, २०७७
हत्या मुद्दाका अभियुक्त पक्राउ गरी सार्वजनिक
प्रतिकात्मक तस्वीर

जिल्ला प्रहरी कार्यालय चितवनले कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ घर भई भरतपुर महानगरपालिका–९ भाडामा बस्ने ३५ वर्षीया शोभा विक छन् ।

उनलाई प्रहरीले फागुन २ गते पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो । 
 
कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी विकलाई सार्वजनिक गरेको हो । विकले विक्रम संवत् २०७७ असोज ७ गते भरतपुर–९ शरदपुर बस्ने ७४ वर्षीय बाबाहजुर थापाको हत्या गरेको प्रहरीले जनाएको छ । 

विकले थापाको हत्या तथा लुटपाटका क्रममा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

घटनास्थलबाट मोबाइल, गरगहना समेत लुटेर लगेको विकले स्वीकारेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्