
शहरी विकासमन्त्री प्रभुु साहले जुुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुने उद्घोष गरेका छन् । रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले तोकेको आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने जिकिर गरे ।
उनले सोही अवसरमा दोहोरो चरित्रका कारण नेपाली काँग्रेस साँघुरिँदै गएको बताए । डिभिजन सडक कार्यालयद्वारा आज आयोजित पक्की सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले काँग्रेसका केही नेता अदालतको फैसला हेर्ने बताइरहेका छन् भने अर्काथरी आन्दोलन गरेर दोहोरो चरित्र प्रदर्शन गरिरहेका उल्लेख गरे ।