०३ असार २०८३, बुधबार

मोरिस १६.२५ करोडमा बिक्दा सन्दीपमाथि भाउ लागेन

फागुन ७, २०७७
मोरिस १६.२५ करोडमा बिक्दा सन्दीपमाथि भाउ लागेन

नेपाली स्पिन बलर सन्दीप लाामिछानेमाथि बिहीबार भएको आईपीएलको अक्सनमा कुनै भाउ लागेन । उनले ४० लाख (भारु) बेस प्राइस राख्दै अक्सनमा आफ्नो नाम नेपाल क्रिकेट संघमार्फत लेखाएका थिए ।
पछिल्लो ३ सिजन दिल्ली क्यापिटल्ससँग आवद्ध उनी दिल्लीबाट रिलिज भएपछि  ‘मिनी अक्सन’ मा पुगेका थिए । एसोसियट खेलाडी सूचीमा रहेका सन्दीपको नाम आउँदा चेन्नइमा भएको अक्सनमा कुनै टोलीले भाउ नलगाएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
समाचारमा दक्षिणी अफ्रिकीअलराउण्डर क्रिस मोरिस आइपीएलमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई राजस्थान रोयल्सले १६.२५ करोड भारुमा किनेको हो । यो सिजनको आइपीएल अप्रिलबाट सुरु हुने अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्