०३ असार २०८३, बुधबार

एमिकसको राय : विघटनमा पूर्वसर्त पालना भएनन्

फागुन ७, २०७७
एमिकसको राय : विघटनमा पूर्वसर्त पालना भएनन्

 एक महिनाभन्दा लामो समयपछि प्रतिनिधि सभा विघटनविरुद्धको रिटको बहस सम्भवतः शुक्रबार सकिँदैछ । शुक्रबार एमिकस क्युरीका तर्फबाट अन्तिम बहस वरिष्ठ अधिवक्ता गीता पाठक सङ्ग्रौलाको हुनेछ ।
बहस सकिएपछि मुद्दा फैसलामा जानेछ । बिहीबार सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले एमिकस क्युरीका तर्फबाट बहस गरे । शाक्यले प्रतिनिधि सभा विघटनअघि पालना हुनुपर्ने पूर्वसर्त पालना नभएको जिकिर गरे ।
उनले विघटनको अधिकार निरन्तर दुरुपयोग भएको तर्क गरे । विगतको विकृतयुक्त अभ्यासकै कारण संविधानले विघटनको व्यवस्था फ्याँकिसकेको राय इजलाससमक्ष दिए । उाले संविधानको विश्लेषणबाट आफूले विघटनको विशेषाधिकार प्रधानमन्त्रीमा नपाएको दलिल गरे ।गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्