×

NMB BANK
NIC ASIA

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राजेश झालाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

मन्त्रिपरिषद्को सिफारिशमा झालाई प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले शुक्रवार विज्ञप्तिमार्फत जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिशमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ,' राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

पदमुक्त गरिएका परियार भने नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निकट मानिन्छन् ।

Vianet communication
Laxmi Bank

को हुन् नवनियुक्त प्रदेश प्रमुख झा?

मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक समेत रहेका झा मधेश मिडिया हाउसका सञ्चालक हुन् ।

पत्रकारिता जगतमा उनलाई 'राजेश अहिराज' नामले चिनिन्छ ।

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ सुन्दरपुरका झाले मधेश मामिलामा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

कानून विषयमा स्नातक गरेका उनले अधिवक्ताको लाइसेन्स समेत लिएका छन् ।

झाले पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा तथा नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' तथा माधवकुमार नेपालको चर्को आलोचना गर्ने गरेका छन् ।

मूलधारका मिडियाले उनलाई मधेश मामिलाका जानकारका रूपमा चिनाउने गर्छन् ।

उनले सम्पादन गर्ने मधेशवाणी पत्रिकामा केही वर्षअघि तत्कालीन भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाले सैन्य भर्ना आह्वान गरेको विज्ञापन छापिएपछि उनीविरुद्ध राज्य द्रोहको मुद्दा समेत लागेको थियो ।

पछि सफाइ पाएर उनी रिहा भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x