
विभिन्न प्रकारका केक, मफिन र पाउरोटीहरूमा बेकिङ सोडाको प्रयोग हुन्छ । बेकरी आइटममा मात्र प्रयोग नभएर बेकिङ सोडाले विभिन्न रोग पनि निको पार्छ ।

१ पेटको अम्ल हटाउँछ
बेकिङ सोडामा एन्टी–एसिड तत्व हुन्छन् । बेकिङ सोडा पानीमा हाल्दा फोका बन्छन् र फुलेको पेट निको हुन्छ ।
२ घाँटी खसखस
मनतातो पानीमा एक चम्चा बेकिङ सोडा हालेर मजाले फेंट्नुस् । यसले घाँटीको खसखस ठीक पार्छ ।
३ पत्थरी
पानीमा बेकिङ सोडा मिसाउँदा पत्थरी बन्नबाट रोक्छ ।
४ गाँठा
शरीरमा गाँठा परेमा पानीमा बेकिङ सोडा किसाएर पिउने गर्नुस् ।
५ कीराले टोकेको
कीराले टोकेमा छाला नकन्याउनुस् । बरू पानीमा बेकिङ सोडा हालेर टोकेको भागमा दल्नुस् ।
६ डियोड्रेन्टको काम
तपाईंलाई रसायनयुक्त कोलोनले एलर्जी हुन्छ भने पानीमा बेकिङ सोडा हालेर एउटा कपासको डल्लोले काखीमा दल्नुस् ।
७ ह्यान्ड वाश
साबुनले हात धुनुभन्दा बेकिङ सोडाले धुनुस् । यसले हातको मैलो हटाउने मात्र नभई डियोडोराइज पनि गर्छ ।
एजेन्सी