काठमाडौं, ६ जेठ– आइतबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणमा मतदान सम्पन्न भएका अधिकांश स्थानको मतगणना सकिइसकेको छ । तर, महानगरपालिकाहरुको मतगणना सार्वजनिक हुन भने अझै केही दिन लाग्ने देखिएको छ ।

मतदाताको संख्या बढी भएका महानगरहरुमा भइरहेको मतगणना अत्यन्य सुस्त हुँदा मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको हो ।
काठमाडौं, ललितपु, पोखरा र भरतपुर महानगरपालिकाको मतगणना जारी छ ।
चार महानगरपालिका मध्ये काठमाडौं, पोखरा र भरतपुरमा नेकपा एमाले अगाडि छ भने ललितपुरमा नेपाली कांग्रेस अगाडि देखिएको छ ।
पछिल्लो परिणाम अनुसार पोखरा लेखनाथ महानगरको मेयर पदमा एमालेले केहि अग्रता लिएको भएपनि प्रतिष्पर्धा निकै रोचक देखिएको छ । एमालेका मानबहादुर जिसीले २१३७१ मत ल्याउँदा कांग्रेसका रामजी कुँवरले १९५१० मत ल्याएका छन् ।
यस्तै उपमेयरमा एमालेकी मञ्जु गुरुङले २०१५३ मत ल्याउँदा कांग्रेसकी सरस्वती गुरुङले १८४१५ मत पाएकी छन् । यद्यपी अहिले त्यहाँ दलहरुबीचको विवादका कारण मतगणना अवरुद्ध भएको छ ।
ललितपुर महानगरमा नेपाली कांग्रेसले अग्रतालाई कायम राखेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका चिरीबाबु महर्जनले १५२५१ मत रहेको छ भने एमालेका हरिकृष्ण व्यञ्जनकार १३८१५ मत रहेको छ । यस्तै उपमेयरमा पनि कांग्रेसकै अग्रता रहेको छ ।
सर्वाधिक चर्चा र चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन् ।
देवी ज्ञवालीले १६१४५ मत पाएका छन् भने माओवादीकी रेणु दाहालले १५६७५ मत पाएकी छिन् ।
उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाहले १८१५१ मत पाउँदा एमालेकी दिव्या आचार्यको १३९९४ मत रहेको छ ।
काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार नेकपा एमालेको अग्रतालाई फराकिलो बन्दै गएको छ । शनिबार राती सवा १० बजेसम्म एमालेका विद्यासुन्दर शाक्यले २००३२, कांग्रेसका राजुराज जोशीले १३९३२, विवेकशीलकी रन्जु दर्शनाले ८०३१, साझा पार्टीका किशोर थापाले ५९८९ र माओवादीका सर्वोत्तम डंगोल २२८२ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । उसले १७९५७ मत पाएको छ भने राप्रपाले ११४५० पाएका छन्